आइतबार, मंसिर ७, २०८२

चर्च ब्वाइज र खुमलटार 'ए' डिभिजन लिगमा बढुवा

सहिद स्मारक बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन र खुमलटार युथ क्लब उपविजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएका छन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन र खुमलटार युथ क्लब उपविजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएका छन्। गत मंगलबार बाँसबारी क्लबलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेपछि चर्च ब्वाइज युनाईटेड एक खेलअगावै च्याम्पियन बन्दा खुमलटारले आइतबारको  खेलमा समाजिक युथ क्लबलाई स्तब्ध बनाउँदै ए डिभिजनमा बढुवा भएको हो। 

National life

शीर्ष डिभिजनमा एक खेल अगावै च्याम्पियन भएको चर्च ब्वाइज युनाइटेडले आइतबार बी-डिभिजन लिगको उपाधि उचाल्दा खुमलटार युथ क्लब उपविजेता बन्यो। उपविजेता बनेको खुमलटारले आइतबार सामाजिक युथ क्लबविरुद्ध २-१ को नतिजा निकालेसँगै शीर्ष डिभिजन लिगमा बढुवा भएको हो। बढुवा भएका चर्च ब्वाइज र खुमलटार पहिलो पटक शीर्ष डिभिजन लिगमा स्थान बनाएर इतिहास बनाएका हुन्। यता झम्सिखेल युथ क्लब र सामाजिक युथ क्लब भने सी डिभिजन लिगमा घटुवा भएका छन्।

सिजनको पहिलो प्रयासबाटै चर्च ब्वाइजले शीर्ष डिभिजनमा स्थान बनाउँदा अर्को बढुवा भएको टोलीले खुमलटारविरुद्ध अन्तिम खेल नै कुर्नु परेको हो। चर्च ब्वाइजले वि.स. २०७७ मा सी डिभिजन लिग खेलेको थियो र बी डिभिजनमा बढुवा भएको पहिलो वर्षमा नै च्याम्पियन बनेर ए डिभिजनमा उक्लिएको हो।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम खेलमा भने रानीपोखरी कर्नर टिम (आरसिटी)ले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा ए डिभिजन लिगमा बढुवाको ढोका बन्द भयो। उता बराबरीमा रोकिएको टुसाललाई बी डिभिजन लिगमा रहिरहन खुमलटारको जित वरदान भयो भने समाजिक युथ क्लबलाई अभिसाप बन्यो। बढुवाका लागि जित्नै पर्ने दबाबमा रहेको आरसिटीले अपेक्षा अनुसारको दशरथ रंगशालामा प्रदर्शन गर्न चुक्यो। जुन नतिजा आरसिटीका लागि भारी महंगो बन्यो।

महत्वपूर्ण खेलमा सबिन केसीले १४औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १-१ गोलको बराबरीमा ल्याएका थिए। तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बले आत्मघाती गोल गरेपछि खुमलटारले २-१ को जित निकाल्दै बी डिभिजन लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो। २०६१ सालमा स्थापना भएको खुमलटार पहिलो पटक शीर्ष लिगमा उक्लिएको हो। खुमलटारले १३ खेलमा २२ अंक जोड्यो। रानीपोखरी कर्नर टिम (आरसिटी)सँग समान २२ अंक भएपनि 'हेड टु हेड'मा खुमलटार अघि रह्यो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 10, 2022| 19:05 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।