बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'दुर्इ तिहाइको दम्भले सदन, सडक र न्यायालयमाथि हस्तक्षेप'

'दुर्इ तिहाइको दम्भले सदन, सडक र न्यायालयमाथि हस्तक्षेप'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले दुर्इतिहाइको दम्भ देखाएर सडक र सदनदेखि न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ। 

नेपाली कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्ने क्रममा सुर्खेतमा आयोजित सभालार्इ सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरुले सरकारलार्इ दुई तिहाइको दम्भ देखाएर सरकारले सर्वसत्तावाद लाद्‍न खोजेको आरोप लगाएको हो। 

विरोध कार्यक्रमपछिको कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गरिबि निवारण मन्त्री हृदयराम थानीले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिएका छन्। ‘काँग्रेससँग निहुँ खोज्ने राणाशासन, पञ्चायत र राजाको समेत आज अस्तित्व समाप्त भएको छ।’ थानीले भने, ‘कम्युनिस्टहरु सिद्धिने भएमात्रै काँग्रेससँग निहुँ खोज्नोस्, हैन भने दुईतिहाईको दम्भ नदेखाउनुहोस् ।’

‘संविधानमै सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था छ’ थानीले भने ‘तर  सभामुख र उपसभामुख दुइटै पद आफूले राखेर सरकारले संविधान विरोधी काम गरिरहेको छ।’ 

उनले प्रश्न गरे, ‘नेपालको संविधान नमान्ने कम्युनिस्टहरु कुन दुलाबाट आएका हुन् ?’ 



यस्तै पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले सरकारले पञ्चायती शासन लाद्न खोजेको आरोप लगाए। सरकारकारको काम गराई र व्यवहारलाई हेर्दा पञ्चायतीशैली देखाएको भन्दै विष्टले प्रश्न गरे, ‘यदि कम्युनिष्टलाई पञ्चायत नै चाहिएको भए किन जंगल गएको हो?’ 

प्रधानन्यायाधीस नियुक्तिमा ढिलाई गरेर सरकारले न्यायालयमा समेत हस्तक्षेप गर्न खोजेको विष्टको तर्क छ। उनले फेरि प्रश्न गरे, ‘कम्युनिष्टलाई प्रधानन्यायाधीस पनि कम्प्युनिष्टनै चाहिन्छ?

विरोधसभा अघि सुर्खेतको स्थानीय मंगलढीचौकबाट सुरु भएको र्‍यालीमा, प्रधानमन्त्री केपीओलीको राजिनामा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका जस्ता विभिन्न नारा जुलुसहरु लगाइएको थियो। कार्यक्रममा सुर्खेतका सभापती कमलराज रेग्मी, तरूण दल, नेविसंघ र महिला संघ लगायतका भातृ संगठन लगायतले सम्बोधन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।