आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुनरागमनमा असफल भएपछि एसिया कप फुटसल छनोटको पहिलो खेलमै नेपाल पराजित

पुनरागमनमा असफल भएपछि एसिया कप फुटसल छनोटको पहिलो खेलमै नेपाल पराजित

पाँच वर्षअघि उज्ज्वेकिस्तानसँगको पहिलो खेलमा १४ गोलको सामना गरेको नेपाले आज कीर्गिस्थानको राजधानी विस्केकेमा त्यो टिमसँग पाँच गोलको सामना गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

बिस्केक (किर्गिस्तान)– पाँच वर्षअघि उज्ज्वेकिस्तानसँगको पहिलो खेलमा १४ गोलको सामना गरेको नेपाले आज कीर्गिस्थानको राजधानी विस्केकेमा त्यो टिमसँग पाँच गोलको सामना गरेको छ।

National life

नेपाली फुटसल टिम राम्रो हुँदै गएको उदाहरण यो हुन सक्छ। तर, एएफसी एसियन फुटसल कपको छनोट खेल्न किर्गिस्तान आइपुगेको नेपाली टिमले पहिलो खेलमै हार भने बेहोरेको छ।

फिनिसिङमा राम्रो गर्न नसक्दा र खेलाडीलाई मार्क गर्न नसक्दा नेपालीले उज्वेकिस्तानसँग पहिलो खेलमै ५–१ को ठूलो हार बेहोरेको हो। यो हारसँगै नेपाललाई बाँकी खेलमा जित निकाल्न दबाब भने बढेको छ।

खेलको  दोस्रो मिनेटमै खुसिन्दिन निशोनोभले गोल गरेका थिए। उनले मैदानमा बायाँ तर्फबाट सिधै पहिलो पोस्टमा प्रहार गर्दै गोल गरेका थिए। त्यस्तै, फरवार्ड उस्मोनोवले खेलको ११ औं मिनेटमा गोल गर्दै नेपाललाई दुई गोलले पछि पारेका थिए।

तर पहिला हाफमै नेपालले अर्को हार पनि बेहार्यो यसपटक रोपिइभ इख्तियोरले गोल गरे। यसँसँगै नेपाल पहिलो हाफमै ३–० गोलले पछि परिसकेको अवस्थामा थियो।

Laxmi sunrise bank
kumari

नेपाले दोसो हाफमा रक्षात्मक खेल सुरु गरे पनि खेलको २८ औं मिनेटमा मणिकुमार लामाले गोल गरेपछि खेलमा गोलअन्तर ३–१ भएको थियो। त्यसपछि नेपालका रोशन छन्त्यालले गरेका प्रहार पनि पोस्टको बारमा लागेर फर्किएको थियो।

‘गोल फर्काएपछि त टिम नै बुस्ट भएको थियो नि। मणिले गोल गरेपछि भित्रैबाट जिरिंग भएर आएको थियो। हामी सक्छौं। भन्ने लागेको थियो। तर त्यसपछिका दुई मिसले हामीलाई फेरि होपलेस बनायो। पाएको बल सदुपयोग गर्न नसक्दा र दुई भर्सेस एकमा स्कोर गर्न नसक्दा हामी अघि बढ्न सकेनौँ,’ खेलपछि कप्तान अनिसले भने, ‘हामीले क्रसबारमा हानेपछि स्कोर ३–३ को बराबरी हुने सम्भावना सकिएको थियो। हामीले गोल गर्न नै सकेनौँ।’

त्यसपछि पनि नेपालले पुनरागमनको प्रयास गरेको थियो। गोल हुन सकेन्। बरु उज्ज्वेकिस्तानका इब्रामिबोव डबलट र ४० औं मिनेटमा एल्मुरोडोवले आबोसले गोल गर्दै नेपालविरुद्ध ५–१ को जित निश्चित गरेका हुन््।

आजको खेलपछि नेपाली टिमका कप्तान अनिस श्रेष्ठले फनिसिङमा समस्या भएपछि गोल बेहोरेका बताएका छन्। उनले भने, ‘पाएको अवसर सदुपयोग गर्न नसकेर हार बेहोरेको हो। अवसर पाएको थियो। तर गोल हुन सकेन्।’

कप्तान अनिसले अब आउने खेलमा सदुपयोग गरेर अघि बढ्ने बताएका छन्। ‘उज्ज्वेकिस्तान समूहको बलियो टिमसमेत हो। उससँग नेपालले सुरुमै खेलिसकेको छ। अब  केहि सहज हुन्छ भन्ने लागेको छ। हामी राम्रो गर्ने प्रयासमा हुनेछौं। ताजकिस्तान र अफगानिस्तानसँग खेल्न सहज हुन्छ भन्ने लागेको छ,’ उनले भने।

अनिसले आज विपक्षीको लय भत्काउन नसक्दा पछि परेको बताएका छन्। उनले भने, ‘हामीले जुन हिसाब बसेका थियौँ हामीले विपक्षीको मोमेन्ट याद गर्न सकेनौँ। उज्ज्वेकिस्तान पनि विश्वकपको अन्तिम १६ मा पुगेको टिम हो। उनिहरुको मोमेन्टम हामीले ब्रेक गर्न नसक्दा हामी चुकेको जस्तो लागेको छ।’

नेपालले प्रतियोगिता अघि दुई मैत्रीपूर्ण खेल खेलेको थियो। ति दुई मैत्रीपूर्ण खेलले पनि नेपाली टिमलाई सहज बनाएको र आजको खेलल आउँदो खललाई सहज बनाउने अनिस बताउँछन्। ‘अस्तिको दुई मैत्रीपूर्ण खेलले नै हामीलाई सजिलो बनाएको थियो। अब अझै राम्रो गर्ने प्रयासमा हुनेछौं,’ उनले भने।

त्यस्तै, नेपाली टिमका मूख्य प्रशिक्षक गौरब बस्नेतले नेपालले राम्रो खेलेको र युवा खेलाडीले पहिलो हाफमा नर्भस भएको बताएका छन्। ‘युवा खेलाडी पहिलो हाफमा नर्भस भएका थिए। दोस्रो हाफमा हामीले रणनीति परिवर्तन गरेर खेल्यौँ,’ उनले भने, ‘पहिलो हाफमा अर्गनाइज हुन सकिएन। उज्ज्वेकिस्तान बेस्ट हो तर हामीले पनि पोस्ट अटेम्पट गरेको हो। उनीहरु लक्कि भए।’

उनले आफ्नो अर्को खेलमा फरक रणनीति भएको र नयाँ रणनीतिलाई अघि बढाउने बताएका छन्। उनले यो मैदानमा पहिले खेल्न नपाएको कारणले पनि प्रभाव पारेको उनले बताएका छन्। उनले यो फिल्डमा नयाँ खेलाडीले अनुभव लिएको र त्यसले अर्को खेलमा असर गर्ने पनि बताएका छन्।

‘अपोनेन्ट जो भए पनि आफू प्रतिस्पर्धात्मक खेल्ने सोचेका छौं। र, त्यहि अनुसार आज पनि उज्ज्वेकिस्तानसँग बराबरी खेल खेलेका छौं,’ गौरबले भने।

त्यस्तै, खेलमा म्यान अफ दि म्याचसमेत बनेका उज्ज्वेकिस्तानमा खेलाडी रोपिइभले आफ्नै गल्तीले गोल बेहोरेको बताएका छन्। 

‘छनोटको पहिलो खेल खेल्न सँधै गोह्रो नै हुन्छ। नेपाल राम्रो टिम हो। प्रतिस्पर्धिले राम्रो भएको कन्सन्ट्रेसनमा समस्या पनि भएको छ। हामीले दोस्रो हाफमा कमजोर आँक्यौँ। र, नेपाले गोल फर्कायो,’ उनले भने, ‘हामीले तीन अंक पाएको छौं। र, खुसी छौं।’


प्रकाशित: Apr 10, 2022| 13:54 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।