आइतबार, मंसिर ७, २०८२

आईपीएलमा आज दुई खेल हुँदै

भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं– भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल लिग लिडर कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे मुम्बईमा सुरु हुनेछ।

National life

४ खेल खेल्दै ३ मा जित र १ मा हार व्यहोरेको कोलकात ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने ३ खेल  खेल्दै १ खेलमा जित र २ खेलमा हार व्यहोर्दै २ अंकका साथ दिल्ली तालिकाको सातौँ स्थानमा रहेको छ। आजको  खेल जित्दै कोलकाता आफ्नो शिर्ष स्थान अझ मजबुत बनाउने दाउमा छ। कोलकाताको कप्तानि श्रेयस ऐयरले गर्दैछन् भने दिल्लीको रिसब पन्तले।

आजै हुने अर्को खेलमा राजस्थान रोयल्सले लखनउसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे वाङखडे रंगशाला मुम्बईमा सुरु हुनेछ। ३ खेल खेल्दै २ मा जित र १ मा पराजय बेहोरेको राजस्थान ४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ।

उता नयाँ टोली लखनउ ४ खेल खेल्दै ३ मा जित र १ मा हार बेहोर्दै ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। राजस्थानको कप्तानी सन्जु सामसनले गर्दैछन् भने लखनउको के एल राहुलले।


प्रकाशित: Apr 10, 2022| 13:07 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।