शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • हरिकृष्ण व्यञ्जनकार एमालेबाट ललितपुरको मेयरमा सर्वसम्मत उम्मेदवार

हरिकृष्ण व्यञ्जनकार एमालेबाट ललितपुरको मेयरमा सर्वसम्मत उम्मेदवार

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

ललितपुर- नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्। 

National life

शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले व्यञ्जनकारलाई सर्वसमत मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमालेबाट महानगरपालिकाको उपमेयरमा भने दुई जनाले दाबी परेको छ। व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटीकी अध्यक्ष आस्था शाक्य 'मञ्जली' र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दाबी गरेका छन्।

दाबीलाई महानगर कमिटी हुँदै केन्द्रीय कमिटीमा सिफारिस गरिनेछ। त्यसपछि मात्रै उपमेयरको टुंगो लाग्ने उनले बताए। 

व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन्। गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार कांग्रेसका चिरीबाबु महर्जनसँग तीन अंकको झिनो मतान्तरले पराजित भएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 10, 2022| 07:00 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।