शुक्रबार, कात्तिक २८, २०८२

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

मकवानपुर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन्।

National life

राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन्।

मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताइन्। उनले भनिन्, 'भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो। सोहीअनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौँ।'

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अघिल्लो सरकारले गर्न नसकेको काम गठबन्धन सरकारले गरेर देखाएको बताइन्। उनले निर्वाचन नजिकिँदै गर्दा भ्रम छर्ने काम भइरहेकाले मान्छे चिन्न जनतालाई आग्रह गरिन्। गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखे पनि सरकारी अनुमति नपाउँदा वितरण गर्न असमर्थ हुँदै आएको थियो।

उक्त गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा छन्। गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, जिल्ला अध्यक्ष विष्णु दाहाललगायतले मन्तव्य व्यक्त व्यक्त गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 09, 2022| 15:01 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।