बुधबार, असार ३१, २०८३

'प्रधानमन्त्री केपीको छलाङ मुल्यबृद्धिमा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले केपी ओली नेतृत्वको सरकारको छलाङ मुल्यबृद्धीमा मात्र भएको आरोप लगाएका छन् ।

धनगढीमा आयोजित विरोधसभामा लेखकले सरकार बनेको एक बर्ष नपुग्दै पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको आरोप लगाए । यसबाहेक जनताका अत्यावश्यक बस्तुमा पनि चर्को मुल्यबृद्धी गरेर सरकारले जनताको ढाड सेक्ने काम भएको लेखकले बताए । 

'जबजब कम्यूनिस्टहरु सरकारमा जान्छन् तबतब देश गम्भीर मोडमा पुग्छ,' लेखकले भने, 'देश र जनताको चिन्ता भन्दा पनि पदको चिन्ता बढी हुन्छ । दुई तिहाईको दम्भ देखाएर न्यायलय पनि प्रभावित गर्न पनि खोज्छ ।'

सरकारका हरेक कामकाज जनबिरोधी भएकाले कांग्रेसले बिरोधमा उत्रिनु परेको उनले बताए । यो सरकारले मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द गर्ने प्रेस स्वतन्त्रता बिरोधि काम गरेकाले प्रेस स्वतन्त्रता खतरामा पार्न खोजेको आरोप लगाए । साथै लेखकले प्रम वलीलाई कांग्रेसको चिन्ता नगर्न बरु जनताको पक्षमा काम गर्न सुझाए । 

सरकारले सर्वसत्ताबाद लाद्न खोजेको भन्दै लेखकले कांग्रेस त्यस बिरुद्द लागिरहने बताए । संविधान नजोगिने सबैभन्दा बढी चिन्ता यसै सरकारबाट रहेको उनले बताए । 

यहि सरकारका पालामा छोरी चेलिहरु बलात्कृत र हत्याको सिकार भइरहेकोले शान्तिसुरक्षा निकै कम्जोर रहेको उनको भनाई थियो ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।