आइतबार, असार ७, २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका भिन्नाभिन्नै स्थानमा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- देशका भिन्नाभिन्नै स्थानमा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। काठमाडौं शंखरापुर नगरपालिका-१ नाङलेबजार स्थित सडकमा बा४ख ६३७९ नम्बरको टिपर सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा टिपरका सहचालक धादिङ थाक्रे गाउँपालिका-७ घर भएका २० वर्षीय किरण बास्कोटाको घटनास्थलमै मृत्यु भएको छ। 

National life

म्याग्दी अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ दोबिल्लास्थित सडकमा ना५त २५९३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १ सय मिटर तल निलगिरी खोलामा खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सिरहा घर भएका ४० वर्षीय जितेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो। 

रूपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राईभरटोलस्थित सडकमा लु२२प ६९२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सैनामैना नगरपालिका-३ बस्ने ३० वर्षीय कृष्ण चन्द्र खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। 

महोत्तरी बलवा नगरपालिका-११ रौजा मजारस्थित सडकमा बिआर३०ए ०४८५४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ भगवतिपुर बस्ने १६ वर्षीय नौसाद लहेरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा हुँदै विराटनगर न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

Shivam cement

प्रकाशित: Apr 09, 2022| 11:14 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।