मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा स्थानीय चुनाव लड्ने संख्या अन्य प्रदेशको तुलनामा न्यून

कर्णालीमा स्थानीय चुनाव लड्ने संख्या अन्य प्रदेशको तुलनामा न्यून

कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिँदैछन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

कर्णाली- कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ। कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिँदैछन्। 

National life

सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा राष्ट्रिय मान्यता प्राप्त ६ सहित ११ दलले प्रतिस्पर्धा गर्ने भएका हुन्। सुर्खेतमा ६ राष्ट्रिय मान्यता प्राप्त दल र १९ साना दल गरी २५ दलले निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ। 

राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहित दलले निर्वाचनमा भाग लिने भएका हुन्। अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट ५ जनासहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मात्र चुनाव जितेका कार्यालयले जनाएको छ। 

कर्णालीका अन्य जिल्लामा रुकुमपश्चिम र सल्यानमा १२–१२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने कार्यालय प्रमुख दुर्गा चालिसेले जानकारी दिए। उल्लेखित दलले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउने र बाँकीले भने अन्य दलको चुनाव चिह्नमा निर्वाचन लड्नुपर्नेछ।

कर्णाली प्रदेशमा १० निर्वाचन अधिकृत फेरिएका छन्। यसअघिका निर्वाचन अधिकृतलाई हटाउँदै सरकारले नयाँ निर्वाचन अधिकृत खटाएकामा सल्यानको कुमाख र त्रिवेणी गाउँपालिका, कालीकोटको नरहरिनाथ, पलाता र सान्नीत्रिवेणी गाउँपालिका, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिका, जाजरकोटको कुसे र जुनीचाँदे गाउँपालिका र दैलेखको ठाटीकाँध गाउँपालिकामा नयाँ निर्वाचन अधिकृत खटाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 09, 2022| 10:36 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।