काठमाडौं- बागमती प्रदेशमा ट्याक्सीको भाडा बढाइएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ देखि लागू हुनेगरी ट्याक्सीको भाडा बढाएको हो।
मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ।
नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ।