ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिका-२ स्थित कुँडुलेमा एक युवक मृत फेला परेका छन्।
शनिबार बिहान स्थानीय मनबहादुर सार्कीको घरमा भान्छा नजिकै बाहिरपट्टी नाम्लोमा झुन्डिएको अवस्थामा एक जना मृत फेला परेका हुन्।
शंकास्पद अवस्थामा स्थानीय युवा अन्दाजी ३५ वर्षीय राजु परियारको शव भेटिएको प्रहरीले जनाएको छ। स्थानीयले शवको प्रकृति हेर्दा हत्या गरेर झुन्ड्याएको हुनसक्ने अनुमान गरेका छन्।
मृतक परियारको शरीरमा केही चोट देखिएको र नजिकै खुकुरी भेटिएको स्थानीयको भनाइ छ। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।