शनिबार, चैत २, २०८१

सर्लाहीमा बालक अपहरण गरी हत्या गर्ने ७ जना पक्राउ

यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिए।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

सर्लाही- जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई हत्या गरेको घटनामा संलग्न सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिए।

health

आफ्नै घरबाट हराएका बालकको खोजी गर्ने क्रममा छिमेकीको शौचालयको सेफ्टी टङ्याकीभित्र प्लाष्टिकको बोरामा शव फेला परेपछि अनुसन्धान गरेको सर्लाही प्रहरीले फेसबुक म्यासेन्जरबाट आकाशका आफुन्तसँग रु १५ लाख फिरौती माग गरेको खुल्न आएकोले सो कार्यमा संग्लग्न रहेका सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानबाट ती सातैजनाको संलग्नता रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले आकाशलाई छिमेकी जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी शव प्लाष्टिकको बोराभित्र राखी बडहीको घरको शौचालयको सेफ्टी टङ्याकीभित्र हाली लुकाएको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। 

मलङ्गवा नगरपालिका–१२ गम्हरियाका ६० वर्षीय जगदीश बडही, २१ वर्षीय कृष्ण ठाकुर, कृष्ण ठाकुरकी श्रीमती अन्दाजी १८ वर्षीय निरुता शर्मा, २५ वर्षीया सङ्गीता बडही, सुनिल ठाकुर, ५० वर्षीय नेवा ठाकुर र मलङ्गवा नगरपालिका–११ का ३१ वर्षीय राकेश ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। 

शव परीक्षणपश्चात मृतक आकाशको शव उनका आफन्तले बुझेका छन्। पक्राउ परेका सातै जनालाई अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 08, 2022| 22:00 शुक्रबार, चैत २५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।