बुधबार, असार ३१, २०८३

ओलीको बोली मात्रै सस्तो, अरु सबै महँगो : नेता खाँड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली नेपालका मालिक बन्न खोज्नु कम्युनिस्ट सर्वसत्तावाद भएको आरोप लगाएका छन्।

कांग्रेस रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता खाँडले सरकारलाई सन्देश दिन देशैभर पार्टीले सभा आयोजना गरेको बताए। उनले भने, ‘सरकार वा कुनैपनि पार्टीका नेता मालिक हुदैंनन आम नेपाली जनता नै नेपालका मालिक हुन्। प्रधानमन्त्री जनताका सेवक हुन्।’

नेपाली जनतालाई मालिक बनाउनकै लागी जनताले ठुलो त्याग गरेका हुन्। एउटा परम्परावादी राजतन्त्रको अन्त्य गरेर कम्युनिस्ट अधिनायकवाद स्थापना गर्न त्याग र बलिदानी नदिएको बताए। प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै नेता खाणले भने, ‘हिजो राजतन्त्रको विरुद्धमा नेपाली जनताले आन्दोलन गर्दा बालकोटमा बसेर बयल गाढामा चढेर अमेरिका पुग्नु र नेपालबाट राजतन्त्र हटाउनु उस्तै हो भन्नुहुन्थ्यो। आज त्यहि आन्दोलनको जगमा परिवर्तन भएपश्चात बनेको सरकारको प्रधानमन्त्री बन्नुभएको छ। ’

सभालाई सम्बोधन गर्दै नेता खाणले ओली आएपछि देशमा बोली मात्रै सस्तो भएको अरु सबै महंगो भएको व्यंग्य गरे। उनले भने, ‘अहिले बजारमा ओलीको बोली मात्रै सस्तो छ। त्यसैले मैले भन्छु, तपाईको बोली र तपाईले अधिकार माग्दा जनता माथी चलाउने गोली तत्काल नियन्त्रण गर्नुहोस्। ’

सभालाई सम्बोधन गर्दै कांग्रेस नेता सांसद भरत कुमार शाहले नेकपाको सरकारले देशमा महंगी मात्रै बढाएको बताए । उनले भने ‘ओली सरकारले २७ पटक महंगी बढाईसक्यो। जनतालाई आकुल व्याकुल पारेको छ। ’

कांग्रेस महिला नेतृ रमा अर्यालले ओली सरकारका जिम्मेवार नेताहरुले देशैभरीका महिलाहरुको अस्मितामाथी हमला गरेको अरोप लगाउदैं समयक्रममा नेपाली महिलाले त्यसको जवाफ दिने बताईन्।

नेता देवी प्रसाद चौधरीले नेकपाको सरकार कम्युनिस्ट सर्वसत्तावाद तर्फ अगाडी बढेको जनाउदैं त्यसलाई नियन्त्रण गर्न कांग्रेस अगाडी बढेको बताए।

कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले केपी ओली सरकारले गरेका काम कारबाही जनताको पक्षमा नरहेको बताए। 

भैरहवाको बुद्धचौंकबाट शुरु भएको विरोध र्‍याली सरकार विरुद्ध नाराबाजी गर्दै मिलनचौकमा गई विरोध सभामा परिणत भएको थियो। कांग्रेस नेता रामकृष्ण खाणले सन्चालन गरेको विरोध सभामा आमजनता साउने वर्षाको पर्वाह नगरी छाता ओढेर सडकमा उत्रिएका थिए। विरोध सभामा जिल्लाका विभिन्न ठाउबाट हजारौं नेता कार्यकर्ता सहभागीता थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।