आइतबार, चैत ८, २०८२

एसईईको नतिजा आज सार्वजनिक हुने

सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २३ गतेसम्म सार्वजनिक गर्ने भएको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइसकेकाले शनिबारै साँझसम्ममा नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

National life

कोरोना महामारीका कारण परीक्षा सञ्चालन भएको थिएन। विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गर्न लागेको हो।

परीक्षा बोर्डले एसईई २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने जनाएको छ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ मा एसएमएस पठाएर, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। यस्तै नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ।

प्रकाशित: Aug 07, 2021| 12:29 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्