बुधबार, असार ३१, २०८३

देशव्यापी विरोध प्रदर्शन गर्दै कांग्रेस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसले सरकारविरुद्ध आज मुलुकभर विरोध प्रदर्शन गरेको छ। 

सरकारको अधिनायकवादी एवम् जनविरोधी क्रियाकलापको विरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरिरहेको छ। पार्टीको निर्णय अनुसार प्रत्येक जिल्ला सदरमुकाममा विरोध प्रदर्शन भइरहेको छ।
 
सबै कार्य समितिका पदाधिकारी र सदस्यलाई पार्टीले काठमाडौंको शान्तिवाटिका रत्नपार्कमा भेला हुन आग्रह गरेको छ। दिउँसो साडे दुई बजे शुरु हुने सो बिरोध जुलुस रत्नपार्कबाट भोटाहिटी, असन, इन्द्रचौक, न्युरोड हुँदै पुन शान्तिवाटिकामा आएर बिरोध सभामा परिणत हुने भएको छ।

मुल्यबृद्धि, न्यायलयमाथि सरकारको हस्तक्षेप, संविधान बमोजिम सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने व्यवस्था कार्यान्वयन नगरेको लगायतको माग  गर्दै कांग्रेसले बिरोध प्रदर्शन  गरेको हो।

बरिष्ठ नेता रामचन्द्र पौडेल सरकारविरोध प्रदर्शनमा सहभागी हुन सोमबार नै गृह दमौली पुगेका छन्। पौडेलको नेतृत्वमा अहिले दमौलीमा विशाल र्‍याली निस्किएको छ। 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा झापाको चन्द्रगढीमा पनि बिरोध जुलुस निस्किएको छ। झापामा नेता सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा जुलुस निस्किएको हो।

विराटनगरमा डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालसहितका नेताले बिरोध जुलुसको नेतृत्व गरिरहेका छन्। सुनसरीमा पार्टी संसदीय दलका नेता विजयकुमार गच्छदारको नेतृत्वमा जुलुस निकाल्ने तयारी भइरहेको छ। 

धनुषाको जनकपुरधाममा पनि विरोध जुलुस निस्किएको छ। त्यहाँ केन्द्रीय सदस्य, रामकृष्ण यादव र आनन्द्रप्रसाद ढुंगाना लगायतले जुलुसको नेतृत्व गरेका छन्। धनगढी, दाङको तुलसीपुर, मनाङको धारापानी, ओखलढुंगा लगायतका जिल्ला सदरमुकाममा बिरोध जुलुस शुरु भएको त्यहाँस्थित संवाददाताहरुले जनाएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।