बुधबार, चैत ४, २०८२

टाइफाइडविरुद्धको राष्ट्रिय अभियान आजदेखि सुरु

सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। 

National life

आजदेखि वैशाख १८ सम्म सञ्चालन गरिने खोप कार्यक्रममा ७५ लाख बालबालिका लाभान्वित हुनछन्। १५ महिनामाथिका र १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइँदैछ। 

सरकारले अभियान सकिएपछि यस खोपलाई नियमित खोपमा संलग्न गराउने उद्देश्य लिएको छ। योसँगै नेपालमा १२ वटा खोप नियमित खोपका रूपमा रहनेछन्। साथै कोभिड महामारीको समयमा नियमित खोप लगाउन छुटेका बालबालिकालाई यस खोपसँगै समेट्ने उद्देश्य लिएको छ। 

यस अभियानमा ५६ हजार ४२९ खोप सेसन संख्या सञ्चालन हुने अनुमान गरिएको छ भने खोप दिने स्वास्थ्यकर्मीको संख्या १० हजार र स्वयंसेवकको संख्या १ लाख १२ हजार ५ हुने जनाइएको छ। राष्ट्रिय खोप अभियानको शुभारम्भ बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले सुरु गरिसकेका छन्।

प्रकाशित: Apr 08, 2022| 06:26 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्