काठमाडौं-पछिल्लो समय गैरकानुनी गतिविधि सञ्चालन गर्न विभिन्न उपाय अबलम्बन गर्नेक्रममा लागू औषध कारोबारी पत्रकारसमेत बनेका छन् । सञ्चारकर्मीको परिचय बोकेर लागूऔषध खरिद गर्ने क्रममा धनुषाका राजकुमार चौधरी पक्राउ परेपछि लागूऔषध कारोबारीले पत्रकारको परिचय बनाउन थालेको खुलेको छ ।
काठमाडौंको सिनामंगलमा लागू औषध बेच्दै गर्दा सादा पोशाकमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले धनुषा गणेशमानचारनाथका चौधरीलाई पक्राउ गरेको हो । चौधरीले ल्याएको सामान किन्ने काठमाडौं वसन्तपुरका मोहम्द शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चौधरीको साथबाट कोडिन डिप्लेक्स १०० मिलिग्रमको ३५ बोटल , इन्ट्रानेट १० एमजि २१ ट्याबलेट तथा स्पासपोक्राम २ थान लगायत बिभिन्न उपकरण तगद तथा भौचर बरामद गरेको परिसरले जनाएको छ ।
चौधरीले ज ७ प १४०४ नम्बंरको पछाडी प्रेस लेखिएको मोटरसाईकलमा लागुऔषध ओसार पसार तथा कारेबार गर्ने गरेको पाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४