मंगलबार, साउन २६, २०८३

पाँच दिनदेखि हराएका बालकको शव सेफ्टी ट्यांकीमा फेला

सर्लाहीमा पाँच दिनदेखि हराइरहेका एक बालकको शव सेफ्टी ट्यांकीमा फेला परेको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

जनकपुर- सर्लाहीमा पाँच दिनदेखि हराइरहेका एक बालकको शव सेफ्टी ट्यांकीमा फेला परेको छ।

जिल्लाको मलंगवा नगरपालिका-१२ गम्हरियाका जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा मिठु भनिने आकाशको शव सेफ्टी ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बोराभित्र हालेर लुकाएको अवस्थामा छिमेकीको घरमा शौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको हो।

आइतबार राति गाउँमै न्वारानको भोज खान गएका बालक बेपत्ता भएका थिए। प्रहरीले घटनाबारे अनुसन्धानका लागि सात जनालाई नियन्त्रणमा लिएको छ।

शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

प्रकाशित: Apr 07, 2022| 13:20 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।