बुधबार, साउन २७, २०८३

म्याग्दीको कुइनेखानीमा सडक पुग्यो

रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ। रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो। थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार ९१ लाख १२ हजार रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो।

सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख रुपैयाँ र गाउँपालिकाको ३३ लाख ५० हजार रुपैयाँ लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिए।

सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न ५ घण्टा मात्र लाग्नेछ। बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ।

स्थानीयलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ। ‘सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ,’ छन्त्यालले भने। सडक स्तरोन्नतिपछि सडकमा बाहै्रमास यातायातका साधन सञ्चालन गर्न सकिने छ। सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरूपमा उद्घाटन गरे।

कार्यक्रममा सडक विस्तार गर्न १२ लाख ६० हजार रुपैयाँ सहयोग गरेका गाउँपालिका अध्यक्ष भण्डारी, ४ लाख ५० हजार सहयोग गरेका चित्रमान छन्त्याल र ३ लाख ५० हजार सहयोग गरेका थमबहादुर छन्त्याललाई स्थानीयले सम्मान गरेका थिए।

प्रकाशित: Apr 07, 2022| 12:42 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।