काठमाडौं- धौरागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ।
कम्पनीले सहायक र कनिष्ट सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। एसईई उत्तिर्णदेखि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १५ गते)ले १५ दिन भित्र कम्पनीको अनलाईन https://dhaulagiribank.com/career मार्फत आवेदन दिन सक्नेछन्।