बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टाइफाइडविरुद्धको खोप अभियानलाई सबैले सहयोग गरौं : प्रधानमन्त्री देउवा

टाइफाइडविरुद्धको खोप अभियानलाई सबैले सहयोग गरौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले चैत २५ देखि सुरु हुने टाइफाइड खोप अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चैत २५ देखि सुरु हुने टाइफाइड खोप अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। 

टाइफाइडको खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले दक्षिण एसियामा नै पहिलोपटक नेपालमा खोप अभियान सुरु गर्न लागेकोमा खुसी व्यक्त गरे। 

नेपालमा टाइफाइड रोग जनस्वासथ्य समस्याको रुपमा देखिएको उनले बताए। टाइफाइडको लागि सबैभन्दा प्रभावकारी उपाए खोप भएकाले यो अभियानको सुरुवात गरिएको प्रधानमन्त्री देउवाले बताए।  

यस अभियानबाट झण्डै ७५ लाख बालबालिका लाभान्वित हुने बताउँदै  खोप अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे।

आजदेखि सुरु भएको खोप अभियान आगामी बैशाख २५ गतेसम्म चल्नेछ। यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ। 

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो। देशभरका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ। 

नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दैआएको थियो। शुक्रबारबाट देशभरबाट खोप लगाउन थालिने छ।

प्रकाशित: Apr 07, 2022| 10:13 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।