आइतबार, असार ७, २०८३

गहना लुटपाट गरेर महिलाको हत्या

उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवामा ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ। घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर चौधरीको बुधबार राति हत्या भएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवामा ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ। घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर चौधरीको बुधबार राति हत्या भएको प्रहरीले जनाएको छ।

National life

चौधरीको घरकै ओछ्यानमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। श्रीमान बच्चुलाल चौधरीले घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या भएको बताए।

दिउँसो गाउँमा भारतीय मुलको दुईजना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन्।

मृतकले लगाएको नाक, कानको गहना लुटपाट भएको पाइएको छ। मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेको छ।

प्रकाशित: Apr 07, 2022| 10:09 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।