आइतबार, असार ७, २०८३

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर

भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरी जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- चितवनमा निकुञ्‍ज घुम्‍न आउने पर्यटकको संख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको संख्यामा बढी हुने गरेको छ। भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरी जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो।

National life

सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन्। शिक्षक अस्पताल यही बन्‍ने भएको छ।

सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन्। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरंग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन्। तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ। नियमितरुपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको संख्यामा ५०० हाराहारी छ। ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन्।

वार्षिकरुपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन्। गौतमले भने, ‘अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ।’ क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन्। जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुके क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन्। त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन्। त्यहाँ आफैँ पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ।

 भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको जनाउँदै उनले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको उनको भनाइ छ। होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए।

Shivam cement

प्रकाशित: Apr 07, 2022| 10:25 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।