आइतबार, चैत ८, २०८२

त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा रहेका परीक्षा स्थगित नगर्ने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तत्काल कुनै पनि परीक्षा स्थगित नगर्ने जनाएको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तत्काल कुनै पनि परीक्षा स्थगित नगर्ने जनाएको छ। 

National life

त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित गर्ने विषयमा कुनै पनि छलफल नभएको र अहिले सञ्चालनमा रहेका परीक्षा तालिका अनुसार नै जारी रहने पनिकाले जनाएको हो।

कोभिड - १९ को बढ्दो संक्रमणका कारण परीक्षा स्थगित गर्न दावाव आइरहेको भए पनि अहिले परीक्षा स्थगित गर्दा विश्वविद्यालयको शिक्षा नै खलबलिने भएकाले क्रमिक रूपमा परीक्षा सञ्चालन गर्दै जाने परीक्षा नियन्त्रक पुष्पराज जोशिले बताए। उनले भने, ‘स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालन गर्नुको विकल्प छैन। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भए पनि परीक्षा सञ्चालन गर्नैपर्छ। यस पछिका विद्यार्थी संख्या कम भएका विषयमा परीक्षा सञ्चालन गर्न पनि खासै समस्या हुँदैन।’

त्रिविले अहिले स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालन गरिरहेको छ। यो परीक्षा साउन २९ गते सम्म सञ्चालन हुने त्रिविले जनाएको छ। एक वर्ष अघि नै सञ्चालन हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण स्थगित गर्दै त्रिविले एक वर्षपछि सञ्चालन गरेको हो।

प्रकाशित: Aug 07, 2021| 12:12 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्