धनगढी- टीकापुरमा बेहोस फेला परेका एक वृद्धको मृत्यु भएको छ। बुधबार टीकापुर नगरपालिका-२ आँखा अस्पताल पछाडिको खेतमा टीकापुर-१ का ६९ वर्षीय लालबहादुर चौधरी बेहोस अवस्थामा फेला परेका थिए।
टीकापुर अस्पताल लगिएका उनको त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रिफर गरिएको थियो। चौधरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
उनी बेहोस तथा मृत्यु हुनुको कारण भने नखुलेको प्रहरीले जनाएको छ।