आइतबार, असार ७, २०८३

ग्यास सिलिण्डर पड्किएर घरमा आगलागी

कैलालीको घोडाघोडी नगरपालिकामा ग्यास सिलिण्डर पड्किएर एक घरमा आगलागी भएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा ग्यास सिलिण्डर पड्किएर एक घरमा आगलागी भएको छ। 

National life

घोडाघोडी नगरपालिका-८ की ३२ वर्षीया मालती विकको घरमा विजुलीको तार सर्ट भई ग्यास सिलिण्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

बुधबार राति भएको आगलागीबाट विकको खरले छाएको दुई कोठे कच्ची घरसहित कुखुराको खोर र एक किराना पसल जलेको छ। 

आगलागीबाट २० लाखको क्षति भएको बताइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रकाशित: Apr 07, 2022| 09:30 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।