आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा. भुसालले सगरमाथा आरोहण गर्ने

महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा. भुसालले सगरमाथा आरोहण गर्ने

आगामी हप्ताको मंगलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा. भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा. प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन्। आगामी हप्ताको मंगलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा. भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ।

National life

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा. भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसकेकी छन्।

कार्यक्रममा डा. भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन्। यसअघि पुरुष डाक्टरले सगरमाथाको सफल आरोहण गरे पनि डा. भुसाल महिला डाक्टरको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा चढ्न लागेकी हुन्।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले ग्राण्डी अस्पतालको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्न लागेको भन्दै डा. भुसाललाई सगरमाथा सफल आरोहणको शुभकामना व्यक्त गरे। डा. भुसालले सगरमाथा आरोहण गर्न लागेकामा ग्राण्डी अस्पताल परिवार साह्रै खुशी भएको उनको भनाइ थियो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमृत खन्नाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने कुरा चुनौतीपूर्ण रहेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल राखी सगरमाथा आरोहण गर्न आग्रह गरे।

Shivam cement

कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा. भुसाल सगरमाथा आरोहणमा जान लागेकी हुन्।अर्घाखाँची स्थायी घर भएकी डा. भुसाल काठमाडौंको बाँसबारीमा बस्दै आएकी छन्। उनी हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथा आरोहण गर्न लागेकी हुन्। 

प्रकाशित: Apr 07, 2022| 08:43 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।