बुधबार, असार ३१, २०८३

यस्ता छन् आज खीर खानुका फाइदा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साउने सङ्क्रान्तिको मध्यावधि साउन १५ गते मंगलबार दुग्ध पदार्थबाट तयार गरिएको खीर भोजन गरी साउन पन्ध्र मनाइँदै छ । वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ ।

असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।

मरिच, दाख, सुकेको नरिवल, दालचिनी, दाख राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको विज्ञहरु बताउँछन् ।  खिरमा मिसाइने मसलाले यो याममा निकै फाइदा गर्नुका साथै शरीरको तापमान सन्तुलन राख्न सहयोग गर्ने वैद्यहरुको भनाइ छ । 

कृषिजन्य उत्पादन मानिने दूध र चामल मिश्रित खीर अनि त्यससँग मात्राअनुसार मिसाइने चिनी वा मिश्रीको सम्मिश्रणबाट तयार हुने खीर मुख मिठ्याउने मात्र नभएर शरीर स्वस्थ राख्न उपयुक्त भोजन मानिन्छ ।

असार १५ मा रोपारलाई बेफुर्सद हुने गरेकामा साउन १५ मा भने खेतमा उम्रिएका झारपात उखेलिसकेर फुर्सदको समय हुन्छ भनिन्छ । यही समयमा खीर खाँदा राम्रो हुन्छ भन्ने पुरानो मान्यता छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।