बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री खाण महन्थ ठाकुरको स्वास्थ्यवस्था बुझ्न अस्पताल पुगे

गृहमन्त्री खाण महन्थ ठाकुरको स्वास्थ्यवस्था बुझ्न अस्पताल पुगे

गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाणले मेडिसिटी अस्पताल पुगेर अध्यक्ष ठाकुरको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि भैरहवाबाट ठाकुरलाई बुधबार हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो। ठाकुरमा छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्या देखिएको छ।

गृहमन्त्री खाणले बुधबार बेलुकी ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: Apr 07, 2022| 07:16 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।