बुधबार, असार ३१, २०८३

काठमाडौंमा जामको मूख्य कारण नाराजुलुस र वर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वर्षा र सडकमा भइरहने नारा-जुलुसका कारण काठमाडौ‌ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ।  

उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नारा-जुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढी भएको बेला हुने आन्दोलन, हड्ताल र वर्षाका कारण बढी ट्राफिक जाम हुने गरेको बताउँछन्।  

'त्रिपुरेश्वर, कालिमाटी, भोटेवहाल, थापाथली, माइतीघर, कलंकी, जमल, केशरमहल, खानी विभाग, स्रोहखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायत चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ', उनले भने। उपत्यकाका मुख्य चोकमा अहिले पाँचदेखि सात मिनेटसम्म रोकिनुपर्ने अवस्था छ। 

वर्षा र नाराजुलुसको समयमा घण्टौँ सवारी साधन जाम हुने गरेको छ।  'कार्यालय खुल्ने र बन्द हुने समयमा एक्कासी सवारीसाधनको चाप बढ्छ र धेरै बेरसम्म रोकिनुपर्छ', मैनालीले भने।  

धेरै सवारीसाधन, सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा अत्यधिक ट्राफिक जाम हुने गरेको महाशाखाले जनाएको छ। कलंकी–थानकोट, चावहिल–साँखु, बल्खु– दक्षिणकाली क्षेत्रमा सडक कालोपत्र छैन। 

तीनकुने, त्रिपुरेश्वर, गोंगबुलगायतका क्षेत्रमा पानी परेको बेला निकाश नहुँदा बढी ट्राफिक जाम हुने गरेको छ।  यस्तै, उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ। 

हाल काठमाडौँ उपत्यकामा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी भए पनि एक हजार ४० ट्राफिक प्रहरी मात्र कार्यरत छन्। उपत्यकामा करीब दुई हजार ट्राफिक प्रहरीको आवश्यकता छ। आवश्यकता अनुसार दरबन्दी नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  

बाग्मती अञ्चलमा ११ लाख सवारीसाधन दर्ता भएका छन्। काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाख सवारीसाधन प्रयोगमा छन्। उपत्यकामा एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।