आइतबार, असार ७, २०८३

सर्लाहीमा गोली लागि घाइते भएका व्यक्तिको मृत्यु

सर्लाही सदरमुकाम मलंगवामा बुधबार बेलुकी एक जनामाथि गोली प्रहार भएको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

सर्लाही- सर्लाही सदरमुकाम मलंगवामा बुधबार बेलुकी एक जनामाथि गोली प्रहार भएको छ।

National life

मलंगवा नगरपालिका-९ कृष्णामती विद्यालय पछाडि गोली प्रहार भएको हो। लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो। 

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेको बताएका छन्। उनले अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिए।

प्रकाशित: Apr 07, 2022| 06:31 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।