आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • तल्लो जात भएर मन्दिर पसेको भन्दै कुटपिट गर्ने ५ जनालाई जेल र जरिवाना

तल्लो जात भएर मन्दिर पसेको भन्दै कुटपिट गर्ने ५ जनालाई जेल र जरिवाना

जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन्। जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

सप्तरी- जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन्। जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो।

जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपितलाई जनही पाँच महिना कैद र रु पाँच हजार जरिवाना तथा पीडितलाई रु ५०-५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। 

सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेबी दास तत्मालाई २०७४ असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। 

कुटपिटबाट लिलाधरको कुमको हड्डी भाँचिएको थियो भने उहाँकी श्रीमती दुखनीलाई शरिरमा चोटपटक लागेको थियो। घाइते लिलाधरको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचार गरिएको थियो। विराटनगरमा लिलाधरको कुमको शल्यक्रिया गरिएको थियो। 

पीडितको राजविराजस्थित अस्पतालमा २०७४ असार १५ गते घाउ परीक्षण गरिएको थियो। पूजा गर्न मन्दिर गइरहेका बेला ‘तँ कथित तल्लो जात ९दलित० मन्दिरभित्र पस्न खोज्ने’ भनेर आरोपितले कुटपिट गर्दै पुजाको समानसमेत फालिदिएको पीडितले बताएका छन्। 

kumari

जिल्ला प्रहरी कार्यालयले आरोपितविरूद्ध ०७४ असार १४ गते जातीय छुवाछुत र कुटपिट अङ्गभङ्गमा उजुरी दर्ता गरेको थियो। आरोपित पक्राउ नपरेपछि जिल्ला अदालतले आरोपितविरूद्ध ०७४ भदौ २८ गते म्यादी पुर्जी जारी गरेको थियो। पछिल्लो पटक जिल्ला अदालतले ०७६ असार २५ गते शारीरिक परीक्षणको आदेश गरेको थियो। 

प्रकाशित: Apr 06, 2022| 21:40 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।