आइतबार, असार ७, २०८३

लागुऔषध कारोबारका यी हुन् मुख्य ५ हब

गृह मन्त्रालयले लागुऔषध कारोबार हुने मुख्य ५ स्थानको सूची सार्वजनिक गरेको छ। नेपालमा सबैभन्दा काठमाडौंमा लागुऔषधको कारोबार हुने गरेको पाइएको मन्त्रालयले जानकारी दिएको हो। यसपछि रुपन्देही, कास्की, कैलाली र पर्सा छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- गृह मन्त्रालयले लागुऔषध कारोबार हुने मुख्य ५ स्थानको सूची सार्वजनिक गरेको छ। नेपालमा सबैभन्दा काठमाडौंमा लागुऔषधको कारोबार हुने गरेको पाइएको मन्त्रालयले जानकारी दिएको हो। यसपछि रुपन्देही, कास्की, कैलाली र पर्सा छन्। 

National life

मन्त्रालया उपसचिव गोकर्णप्रसाद उपाध्यायले नेपालमा लागू औषध कारोबारमा २०७७/०७८ मा ४ हजार ६२६ जना पक्राउ परेको समेत जानकारी दिए। तीमध्ये ३ हजार १३ जनालाई मुद्दा चलाइएको र त्यसमध्ये १४७ जना विदेशी नागरिक रहेको उनको भनाइ छ। 

मन्त्रालयले लागुऔषध नेपालमा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ। सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। लागुऔषधका कारण विभिन्न अपराधिक घटनाहरु भइरहेको र त्यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाइरहेको पनि उनले बताए। पाण्डेले लागुऔषधका कारण अवैध कारोबारमा प्रोत्साहन भइरहेको र युवा जनशक्तिको सिर्जनशीलतामा पनि असर पारिरहेको बताए। 

‘अहिले पछिल्लो समय लागु औषधको पहुँच नरहेको ठाउँ नै रहेन। यसको सचेतना भएन। यो प्रयोग गर्दा भविष्यमा के हुन्छ ? भन्ने थाहा नै भएन। त्यसरी लागु औषधको व्यापारीहरुले त्यस्तालाई टार्गेट गरेर समाजलाई विक्षिप्त र ध्वस्त नै बनाउने अवस्था सिर्जना भयो। त्यसैले सरकारले चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भयो,' सचिव पाण्डेले भने, 'त्यसलाई नियन्त्रण गर्नुपर्ने अवस्था भयो। प्रयोग गर्नेको संख्या बढ्दै गयो। त्यसले अपराधीकरण वृद्धि भयो। अवैध कारोबारलाई प्रोत्सहन दियो। लागु औषध मार्फत अवैध कमाइ गर्नेहरु सक्रिय भए। युवा जनशक्तिको सिर्जनाशीलतालाई यसले ध्वस्त पारेको छ।’

त्यस्तै गृहमन्त्रालयका उपसचिव उपाध्यायले २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागुऔषधका प्रयोगकर्ता रहेको बताए। उक्त प्रयोगकर्तामध्ये महिलाको संख्या ८ हजार ३७१ रहेको जानकारी गराएका थिए। 

Shivam cement

त्यस्तै नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये कार्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत कारागारका कैदीबन्दीहरु लागुऔषधकै मुद्दामा रहेकोसमेत जानकारी दिए। 

 ‘हाम्रो पछिल्लो सर्वेक्षण २०७६ सालमा भएको थियो। जसमा नेपालमा १ लाख ३० हजार ४२४ जना लागुऔषधका प्रयोगकर्ता रहेका छन् भन्ने देखाएको थियो। त्यसमा ८ हजार ३७१ जना महिला, झन्डै ६.७ प्रतिशत हुन जान्छ। प्रयोगकर्ताहरुको वार्षिक वृद्धिद्धर ५.०६ प्रतिशतले वृद्धि भइरहेको छ। कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये कार्तिक २०७८ सम्मको तथ्यांक हेर्दा २१ प्रतिशत कारागारका कैदीबन्दीहरु लागु औषधकै मुद्दामा रहेका छन्। कुल अपराधमा यसको हिस्सा हेर्ने हो भने ९ प्रतिशत रहेको छ।’

प्रकाशित: Apr 06, 2022| 17:44 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।