आइतबार, फागुन १७, २०८२

नेपालगञ्ज–हुम्लाको हवाई भाडा साढे २१ हजारसम्म

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जदेखि हुम्लाको हवाई भाडा २१ हजार ५०० रुपैयाँसम्म लिने गरेको पाइएको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

सिमकोट– सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जदेखि हुम्लाको हवाई भाडा २१ हजार ५०० रुपैयाँसम्म लिने गरेको पाइएको छ।

सहुलियत उडान कम गरिरहेको नेपाल एअरलाइन्सले हुम्लाका लागि चार्टर्ड उडान भर्दै एकजना यात्रुबाट १६ हजारदेखि साढे २१ हजार सम्म लिएको यात्रुको भनाइ छ। 

नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि सहुलियतमा पाँच हजार ६०० लिँदै आएको भए पनि पछिल्ला केही दिनयता अन्य निजी एअरलाइन्सले उडान नगर्दा चार्टर्ड उडान भर्दै चर्को टिकट भाडा लिने गरेको हो। 

नेपालगञ्जदेखि अन्य निजी एअरलाइन्सले चार्टर्ड उडान भर्दा ११ हजार ६०० सम्म भाडा लिने गरेका थिए। तर नेपाल एअरलाइन्सले एक्कासि भाडादर बढाउँदा हुम्लाका नागरिक मारमा परेका छन्। यसरी चर्को टिकट भाडाले गर्दा गरिब, निमुखालाई थप समस्या बनाएको छ। राज्यले हुम्लालाई वास्ता नगरेको भन्दै यहाँका नागरिकले आक्रोश व्यक्त गरेका छन्। 


प्रकाशित: Apr 06, 2022| 16:35 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।