आइतबार, साउन ३१, २०८३

चितवनमा प्रचण्डले भने– राजनीतिमा लचिलो हुन सिक्नुपर्छ

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा लचिलो हुन सक्नुपर्ने बताएका छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा लचिलो हुन सक्नुपर्ने बताएका छन्।

बुधबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले आशन्न स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भइसकेको भन्दै सबैले लचिलो हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘हामीले चुनावमा पनि गठबन्धन गरेर जाने निर्णय गरिसक्यौं। सबैले आफ्नो आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्छ।  त्याग गर्ने मानसकिता बनाउन सकियो भने असम्भव केही हुँदैन।’ देशलाई छिटोभन्दा छिटो समाजवाद उन्मुख राज्यतर्फ लैजान मिलेर जान आवश्यक रहेको उनको भनाइ थियो।

भरतपुरलाई आर्थिक समृद्धि र सामाजिक न्यायको मोडलका रुपमा अघि बढाउनुपर्ने उनले बताए। भरतपुर महानगरपालिकामा विकासको गति देखिएको दाबी गर्दै प्रचण्डले थपे, ‘मेयर, उपमेयर र अरु जनप्रतिनिधिले जुन विकासको लहर सृष्टि गर्नुभएको छ, महानगरपालिकालाई धन्यवाद।’

प्रकाशित: Apr 06, 2022| 15:44 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...