बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोसपा अध्यक्ष ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

लोसपा अध्यक्ष ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन्। पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका ठाकुर अचानक अस्वस्थ भएपछि उपचारका लागि आज दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको लोसपा नेता मनिष मिश्राले जानकारी दिए।

उनका अनुसार पार्टी कार्यक्रमका लागि ठाकुरसहित अन्य नेताको टोली मंगलबारदेखि भैरहवामा थियो। मंगलबार विमानबाट भैरहवा गएका ठाकुरसहितको टोली मंगलबार नै नवलपरासीमा कार्यक्रम सकेर भैरहवास्थित होटल पौवामा बसेको थियो।

बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतालका चिकित्सकउपचारमा खटिएको थियो। ठाकुरको छातीमा समस्या हुनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखिएको बताइएको छ।

ठाकुरलाई भैरहवाबाट काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको छ।

प्रकाशित: Apr 06, 2022| 15:21 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।