काठमाडौं– गोरखामा मंगलबार एक महिलाको शव फेला परेको छ। गोरखा सदरमुकाममा करिब ३५ वर्षकी फूलमाया सिर्मलको शव फेला परेको प्रहरीले जनाएको छ।
उनको शव बारीमा फेला परेको हो। लक्ष्मीबजार घर भएकी सिर्मल माइती आएकी थिइन्। सोमबार राति करिब २ बजेतिर घटना भएको प्रहरीको अनुमान छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
घटनास्थल वरपर रगत देखिएको तर महिलाको शरीरमा भने चोटपटक नदेखिएको प्रहरीले बताएको छ। उनको हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्।