बुधबार, असार ३१, २०८३

आजका अखबार : नबन्‍ने भए जोशी प्रधानन्यायाधीश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

जोशीको नाम अस्विकृत गर्ने तयारीमा समिति रहेको विषयलाई कान्तिपुर दैनिकले 'जोशीलाई नमान्ने तयारी' शीर्षकमा मुख्य समाचार छापेको छ । नयाँ पत्रिकाले 'प्रस्तावित प्रधानन्यायाधीश संकटमा' शीर्षकमा खबर लेखेको छ भने नागरिक दैनिकले 'अलमलमा प्रधानन्यायाधीशको नियुक्ति : सुनुवाइ समितिको बैठक फेरि स्थगित' शीर्षकमा खबर प्रकाशित गरेको छ ।  अन्नपूर्ण पोस्ट्ले 'जोशीबारे समिति अझै अनिर्णीत' शीर्षकमा एङ्कर न्युज छापेको छ ।
 
कान्तिपुरमा प्रकाशित खबरअनुसार शैक्षिक योग्यतामै आशंका, फैसलाहरुमा विवाद र न्यायाधीशको आचरण भन्दा फरक खालका गतिविधिबारे उठेका प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश जोशीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै समितिमा रहेका नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

उनीहरुले समितिको काममाथि नै प्रश्न गरेर सवालजवाफमा उत्रिने, अन्तर्वार्ता दिने काम गर्नुले समितिकै अपमान भएको समेत निष्कर्ष निकालेका छन् । तर, संवैधानिक परिषद्वाट सिफारिस व्यक्तिलाई अस्विकृत गरे न्यायपालिका स्वतन्त्र हुन नसक्ने भन्दै कांग्रेसका समिति सदस्यहरुले विरोध गरेको कान्तिपुरले लेखेको छ । 

जोशी दुई दिनदेखि सर्वोच्च अदालत नगइ घरबाटै पोशी तोकिरहेको खबर लेखेको आजको नयाँ पत्रिकाले आशंकाको घेरामा परेको जोशीको जालझेलपूर्ण शैक्षिक प्रमाण समेत प्रकाशित गरेको छ । नयाँ पत्रिकाले जोशीको नाम अस्विकृत भए विकल्पमा ओमप्रकाश मिश्र आउने र त्यसपछिको १० वर्षसम्म बन्ने रोलक्रम समेत उल्लेख गरेको छ ।

चितवनको कृषि विश्वविद्यालयले अपारदर्शी तरिकाबाट निजी क्याम्सलाई सम्बन्धन दिएको समाचार प्रकाशित गरेको आजको अन्नपूर्ण पोस्ट्ले गैरसरकारी संस्थामार्फत पनि चिनेले नेपालमा लगानी भित्राउन थालेको खबर लेखेको छ । चिनियाँ गैससले नेपालमा कार्य गर्ने सहमतिपत्रमा सोमबार हस्ताक्षर भएसंगै गैससमार्फत पनि चिनियाँ लगानी नेपाल भित्रिने भएको अन्नपूर्णले उल्लेख गरेको छ ।  

चुरे दोहनले मरुभूमि बन्दै अन्नभण्डार शीर्षमा एङ्कर न्युज छापेको आजको नागरिक दैनिकले रेडियो नेपालको स्वामित्वमा रहेको सरकारी जग्गामा अनुमति नलिई धमाधम निजी कम्पनीले संरचना खडा गरेको खुलासा गरेको छ । ललितपुरको खुमलटारमा रहेको ११८ रोपनी जग्गामध्ये २२ रोपनीमा निजी संरचना निर्माण भएको नागरिकले उल्लेख गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।