बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँ-गाउँमा समूह बनार्इ ठगी गर्ने कल्पना प्रहरी नियन्त्रणमा, यसरी खुल्यो पोल

गाउँ-गाउँमा समूह बनार्इ ठगी गर्ने कल्पना प्रहरी नियन्त्रणमा, यसरी खुल्यो पोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- विना ब्याज लाखौँ रुपैँया सम्म ऋण दिने झुटो प्रलोभन देखाएर गाउँ गाउँमा गई समुह निर्माण गरी लाखौँ रुपैँया ठगी गर्ने एक महिला प्रहरी फन्दामा परेकी छिन्।

दलित महिला संघ (फेडो) को नाममा नक्कली संस्था खोलेर कैलाली र कञ्चनपुरका विभिन्न गाउँमा समुह निर्माण गरी रकम ठग्ने कल्पना बोगटी कैलाली प्रहरीको फन्दामा परेकी हुन्। उनले रकम संकलनका लागि खटाएका दुई किशोरीलाई चौमालामा रकम संकलन गर्दै गर्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएपछि कल्पनाको ठगीको पोल खुलेको हो।
 
रकम संकलनका लागि खटाएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ की सुनिता भण्डारी र दुर्गा भट्टलाई छुटाउन जिल्ला प्रहरी कार्यालय पुगेकी कल्पनालाई प्रहरीले आइतबार नियन्त्रणमा राखेको हो। उनीसँगै दुर्गा र सुनिता पनि प्रहरी हिरासतमा छन्। सोमबार जिल्ला अदालतबाट सात दिन म्याद थपेर घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चौमालाबाट मात्र ती महिलाले छ लाख रुपैँया ठगी गरेको प्रहरीमा जाहेरी परेको प्रहरी नायव उपरीक्षक हरी बहादुर वलीले जानकारी दिए।
 
कल्पना पक्राउ परेको खबर सुनेसँगै कैलाली कञ्चनपुरका थुप्रै ठाउँबाट ठगीमा परेकाहरु निवेदन ल्याएर जिल्ला प्रहरीमा आउन थालेका छन्। सोमबार मात्रै गौरीगंगा-१ बाट दुई छुट्टाछुट्टै समुह बनाई ७९ हजार पाँच सय ठगी गरेको भन्दै एक समुह आएको छ। यस्तै कञ्चनपुरबाट पनि करिव तीन लाख रुपैँया ठगी गरेको भन्दै महिला जिल्ला प्रहरीमा पुगेका छन्।
 
कैलालीको गेटा घर भएकी अन्दाजी ३० बर्षकी कल्पनाले रकम संकलन गर्दा स्थानपिच्छे फरक-फरक नाम दिने गरेको पाइएको छ। रकम ठगी गर्ने महिला पक्राउ परेको खबर सुनेर सोमबार जिल्ला प्रहरीमा पुगेका गौरीगंगा-१ का धनबहादुर बोहराको हातमा एउटा समुहमा २५ जनाको एक हजार पाँच सयका दरले ३७ हजार पाँच सय र अर्को समुहमा २८ जनाको ४२ हजार रुपैँया ठगेको विवरण थियो। गत पुसमा आफूहरुबाट रकम संकलन गरेको र नाम भने सुनिता शाही बताएको उनले सुनाए । ‘पुसको महिना चिसोले दाँत दुखेको छ भन्दै मुखमा मास्क लगाएकाले अनुहार हेर्न पाईएन’, बोहराले भने,‘राम्रोसँग अनुहार प्रहरीमा आएर मात्र देखियो।’

भैँसी चाहिनेलाई भैँसी तथा बाख्रा चाहिनेलाई बाख्रा दिने भन्दै समुह गठन गरेको बोहराले सुनाए। आवश्यकता हुनेलाई एक लाख रुपैँया सम्म बिना व्याज कर्जा दिने पनि उनले भन्दै आएकी छिन्।
 
‘मेरो त समुहमा जम्मा गरेको साढे पाँच हजार रकम छोडेर व्यक्तिगत ५० हजारसमेत लगेकी छिन्’ कृष्णपुर-८ की लक्ष्मी भण्डारीले भनिन्,‘४५ जनाको समुह बनाएर हाम्रो गाउँबाट प्रति सदस्य साढे पाँच हजार संकलन गरिएको छ।’ लक्ष्मी सुनिताकी आमा हुन्। छोरी पक्राउ पर्‍यो भनेर बुझ्न सोमबार जिप्रका पुगेकी लक्ष्मीले आफु घर लगाउन थालेकाले समस्या परेको भन्दै छोरीमार्फत मागेपछि आफूले सयकडा तीन रुपैँया ब्याजमा निकालेर कल्पनालाई ५० हजार दिएको बताईन्।

छोरीलाई जागिर पनि लगाएकाले आफूले सहयोग गरेको उनले सुनाईन्। प्रहरीमा पुगेपछि मात्र आफूहरु ठगीएको उनीहरुले चाल पाएको बताएका छन्। 

कृष्णपुरमा कल्पनाले पाँच सय समुह प्रवेश शुल्क तथा पाँच हजार धरौटी स्वरुप भनेर प्रतिव्यक्तिबाट उठाएको बुझिएको छ। धरौटी भदौमा फिर्ता दिने र असोजबाट सबैलाई एक-एक लाख रुपैँया विना व्याज कर्जा दिने भनेको लक्ष्मीले सुनाईन्। 

सोझा साझा किसान महिला भएको ठाउँमा उनको सक्रियता बढि रहेको पाईएको छ। दलित महिला संघ (फेडो) कैलालीले उक्त ठगीमा आफ्नो संस्थाको कुनै संलग्नता नरहेको प्रहरीसमक्ष लिखित जानकारी गराएको छ।
 
केहि महिना पहिले तीनै महिलाले चौमालाकै बल्मिमा पनि ठगी गरेको भेटिएपछि रकम फिर्ता गराउने सर्तमा प्रहरीले नै मिलापत्र गराएको बुझिएको छ। यो पटक भने उनी उम्किन सक्ने देखिदैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।