बुधबार, साउन २७, २०८३

फेवाताल किनारमा चैत ३० गते नव वर्ष महोत्सव हुने

होटल संघ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

कास्की- कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

होटल संघ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो।

‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित संघले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन। यस वर्ष पुनः निरन्तरता दिइएको संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए।

नयाँपनका साथ तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ। भूकम्प, नाकाबन्दी र पछिल्लो समय कोरोनाका कारण पर्यटकीय चहलपहल न्यून रहेकामा महोत्सवले केही हदसम्म राहत पुग्ने विश्वास गरिएको छ। अध्यक्ष सुवेदी भन्छन्, ‘महोत्सवले मौलिक संस्कृतिको संरक्षण गर्ने छ।’

लेकसाइडको अम्बोट र सेन्टर प्वाइन्टमा सांस्कृतिक कार्यक्रम, हाँस्यव्यङ्ग्य प्रस्तुतिलगायत कार्यक्रम गरिने संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए। महोत्सव अवधिभर होटलहरूले ३० प्रतिशत छुट दिई सेवा प्रदान गर्ने संघका पूर्व अध्यक्ष विकल तुलाचनले बताए।

आन्तरिक पर्यटन प्रवर्द्धन र महोत्सवको प्रचार–प्रसारका लागि संघले केही दिनअघि बुटवल, हेटौँडा र वीरगञ्जमा ‘जाउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो। पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि व्यवसायी उत्साहित बनेका छन्। 

प्रकाशित: Apr 06, 2022| 08:30 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।