बुधबार, कात्तिक ११, २०८३

अमेरिकाको सान प्रान्सिस्कोमा 'नेपाल डे परेड' हुने

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा 'नेपाल डे परेड' आयोजना हुने भएको छ। नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड' आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा 'नेपाल डे परेड' आयोजना हुने भएको छ। नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड' आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए। 

परेड मूल आयोजक समितिका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहेका पनेरुले नेपालको पहिचान अमेरिका सामु गराउन कार्यक्रमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। 

नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा हुनलागेको परेडले नेपाल चिनाउनका साथै नेपालको पर्यटनलाई सघाउने उद्देश्य रहेको उनी बताउँछन्। परेडले नेपाललाई पर्यटन गन्तव्यको रूपमा विदेशीलाई आकर्षण गर्ने अपेक्षा आफूहरूको रहेको उनले बताए।

गैर आवासीय नेपाली संघ अमेरिकाको वेस्ट रिजन तथा क्यालिफोर्निया च्याप्टरको प्रमुख सक्रियतामा हुनलागेको कार्यक्रममा क्यालिफोर्नियाका ५० भन्दा धेरै संस्था आबद्ध रहेका छन्।

'परेडमा  विभिन्न जातजातिका भेसभुसा र झाँकीसहित लाखे नाच र पन्चे बाजा बजाइने छ। परेडपछि अप्रिल ९ को साँझमा सांस्कृतिक कार्यक्रम गरिने छ । जसमा सुप्रसिद्ध कलाकारहरूको प्रस्तुति रहने छ,' पनेरुले भने।

अमेरिका विभिन्न राज्यबाटसमेत बाक्लो उपस्थिति रहने परेड आफैंमा एक उत्सव भएको उनले बताए। समितिका संयोजक वेस्ट रिजन चेअर  श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा तथा सहभागी संस्था समन्वय समितिका सभापति उत्तम कार्कीले आफूहरू जहाँ रहे पनि नेपालको माया सधैँ मनमा रहने प्रेस वक्तव्यमार्फत जनाएका छन्।

प्रकाशित: Apr 06, 2022| 07:00 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...