बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले खारेज गर्‍यो सिलवालको रिट, राखेपमा घिसिङलाई नियुक्त गर्ने बाटो खुला

सर्वोच्चले खारेज गर्‍यो सिलवालको रिट, राखेपमा घिसिङलाई नियुक्त गर्ने बाटो खुला

सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ। न्यायाधिशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलासले उक्त रिट खारेज गरेको हो।

कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिलवाललाई गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो। मङ्सिर १३ गते सरकारले टङ्कलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो। 

सिलवालले मन्त्रिपरिषद्को निर्णयविरुद्ध कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। लगत्तै सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो। सिलवाललाई २०७६ असारमा केपी शर्मा ओली नेतृत्वको सरकारले सदस्य सचिवमा नियुक्त गरेको थियो।

रिट खारेजपछि यसअघि जारी अल्पकालिन आदेश स्वतः बदर हुने भएकाले सरकारले पछि नियुक्त गरेका घिसिङलाई सदस्य सचिवको रुपमा काम गर्न बाटो खुलेको छ।

प्रकाशित: Apr 05, 2022| 20:23 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।