बुधबार, साउन २७, २०८३

अपरेशन 'बाली' मा एक नेपाली शान्ति सैनिक घाइते

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार कंगोमा तैनाथ श्री नेप क्यूआरएफ कम्पनीको पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकहरुले अपरेशन 'बाली' का क्रममा ती सैनिक घाइते भएका हुन्।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक घाइते भएका छन्। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार कंगोमा तैनाथ श्री नेप क्यूआरएफ कम्पनीको पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकहरुले अपरेशन 'बाली' का क्रममा ती सैनिक घाइते भएका हुन्। 

प्रमुख सेनानी निकिल कुवँरको कमाण्डमा कर्डन एण्ड सर्चको कारवाही सञ्‍चालन गरी, विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेपश्चात, विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट मंगलबार उक्त मिशनमा कार्यरत एक शान्ति सैनिक घाइते भएको जनाइएको छ।    को दौरान, 

घाइते सैनिकको नाम खुलाइएको छैन। घाइते उनलाई सैनिकको हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल-२ अस्पतालमा थप उपचार भइरहेको जनाइएको छ। 

बाँकी फौजहरु सुरक्षित रहेकोसमेत नेपाली सेनाले जनाएको छ। 

प्रकाशित: Apr 05, 2022| 19:58 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।