आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जहाजभित्रै टेलिभिजन लाइभ गरेका ऋषि धमलालाई काउन्सिलले सोध्‍यो स्पष्टीकरण

जहाजभित्रै टेलिभिजन लाइभ गरेका ऋषि धमलालाई काउन्सिलले सोध्‍यो स्पष्टीकरण

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा गरिएको लाइभ चलाएका थिए। उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- प्रधानमन्त्री भारत भ्रमणबाट फर्किने क्रममा जहाजभित्रै टेलिभिजन लाइभ गरेपछि पत्रकार मर्यादा विपरीत कार्य गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टिकरण सोधेको छ। 

National life

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा गरिएको लाइभ चलाएका थिए। उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए। 

सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले जनाएको छ। 

काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलताका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्ती रूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको, दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो? तपाईंबाट पटक-पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो? पत्रकारिता क्षेत्रको मर्यादा/विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो? २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशानुसार सूचित गरिन्छ।’ 

धमलाले यसअघि नेपाल बार एसोसिएसनको बैठकस्थलमा अनुमतिबेगर प्रवेश गरी प्रत्यक्ष प्रसारण गर्ने प्रयास गरेका थिए। उनको त्यो कार्यको आलोचना भएको थियो। 

Shivam cement



प्रकाशित: Apr 05, 2022| 19:43 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।