बुधबार, असार ३१, २०८३

चारदिनपछि भयो निर्मलाको दाहसंस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भिमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको चार दिनपछि दाहसंस्कार गरिएको छ।

निर्मलाको सोमबार बिहान परिवारजनले महाकाली नदिमा अन्तिम संस्कार गरेका हुन। उनको बलात्कार गरी हत्‍या गरेको चौथो दिनमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

निर्मलालाई बुवा यज्ञराज पन्तले दागबत्ती दिएका हुन्। छोरीलाई दागबत्ती दिदैं यज्ञराजले हत्यारालाई कडा सजाय दिन माग गरेका छन्।

घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली महेन्द्रनगर पुगिसकेको छ।

आफन्त तथा स्थानीय बासिन्दाहरुले घटनाका दोषीहरुलाई पक्राउ गरेर कडा कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।