काठमाडौं- ठमेल काठमाडौंको एउटा प्रमुख पर्यटकीय स्थल हो। खासगरी विदेशी पर्यटक ठमेलमा रमाउने गर्छन्। पर्यटकका लागि सुगम र सुरक्षित मानिने ठमेल हिलो र धुलोले ढाकिएको छ, अहिले।
ढल मर्मत तथा विस्तार क्रममा सडक भत्काउँदा ठमेल बेरूप भएको छ। दिउँसो पनि ठमेलमा पैदल हिँड्न निकै सकस हुन्छ। झण्डै तीन महिनादेखि ठमेलमा पर्यटकहरूले यस्तो सास्ती खेपिरहेका छन्।
विमानस्थलबाट रमाउँदै ठमेल पुगेका पर्यटकहरू हिजोआज दिक्क मानेर फर्किने गरेका छन्। यसले ठमेलको पर्यटन व्यापारमा धक्का पुगेको छ भने नेपालको छविमा समेत नकारात्मक असर पारेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...