आइतबार, असार ७, २०८३

प्रजिअको नेतृत्वमा मतदान केन्द्र निरीक्षण

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता र अवस्था कस्तो छ भन्ने जानकारी लिन मतदान केन्द्रको अवलोकन एवं निरीक्षण सुरु गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

भक्तपुर- स्थानीय तहको निर्वाचन नजिकिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा निकायले संयुक्तरूपमा मतदान केन्द्रहरूको अवलोकन एवं निरीक्षण सुरु भएको छ। 

National life

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता र अवस्था कस्तो छ भन्ने जानकारी लिन मतदान केन्द्रको अवलोकन एवं निरीक्षण सुरु गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

प्रजिअ शर्मा, महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख, नेपाली सेनालगायत सरोकारवाला निकायसहितको टोलीले सूर्यविनायक नगरपालिका–८ नैचालपाटी भञ्ज्याङस्थित सरस्वती आधारभूत विद्यालय, सूनपा–९ काँक्राबारीस्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्र, सोही वडाको नंखेलस्थित श्रीराम आधारभूत विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको हो।

मतदान केन्द्रको निरीक्षण गर्दै प्रजिअ शर्माले भने, ‘निर्वाचन नजिकिएको छ, निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने हाम्रो जिम्मेवारी छ, त्यसैले पनि यहाँका निर्वाचन केन्द्र कस्ता छन्, के–के समस्या छन् कि, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकमैत्री छ कि छैन, मतदातालाई मतदान गर्न कसरी सजह हुन्छ, सुरक्षाको व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यहाँका भौतिक अवस्था कस्तो छ भन्नेबारेमा मतदान केन्द्र र मतदानस्थलको स्थलगत अनुगमन गरेका छौँ, अन्य मतदानस्थलको पनि हामी अनुगमन गरेर सुरक्षा रणनीति तय गर्छौँ।’

यहीँ टोलीले मध्यपुरथिमि नगरपालिकाभित्रका मतदानस्थल कृषि विकास बैंक तालिम केन्द्र, हिमालय युवा क्लब बोडे, बोडे मावि लायकु, गणेश मावि नगदेश, कुम्हालक्ष्मी पाटी नगदेशको निरीक्षण गरिसकेको प्रजिअ शर्माले जानकारी दिए। शर्मा नेतृत्वको टोलीले यसअघि पनि चाँगुनारायण नगरपालिका–८ का सरस्वती मावि थाकलमोठ, महेन्द्र मावि, सुडाल, ८ नं वडा कार्यालय, महानगरीय प्रहरी प्रभाग सुडाल र वडा नं ९ स्थित गणेश मावि ताथलीको अनुगमन गरेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएको थियो।

Shivam cement

निर्वाचन कार्यालय भक्तपुरका अनुसार जिल्लामा ७७ मतदानस्थलमा २१९ मतदान केन्द्र निर्धारण गरेको छ। भक्तपुर नगरपालिकामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, मध्यपुरथिमिमा १७ मतदानस्थल ४६ मतदान केन्द्र, सूर्यविनायकमा २३ मतदानस्थलमा ५८ मतदान केन्द्र र चाँगुनारायण नपामा २१ मतदानस्थल ५३ मतदान केन्द्र  निर्धारण गरेको छ।  

प्रकाशित: Apr 05, 2022| 13:00 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।