आइतबार, साउन ३१, २०८३

निर्वाचन आयोगले बोलाएको छलफलमा चर्काचर्की

निर्वाचन आयोगले बोलाएको छलफलमा विवाद उत्पन्न भएको छ
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं– निर्वाचन आयोगले बोलाएको छलफलमा विवाद उत्पन्न भएको छ। आयोगले आचारसंहिताबारे छलफल गर्न भनेर बोलाएको तर बोल्न नदिएको भन्दै साना दलले विरोध गरेका हुन्। 

आयोगका आयुक्तले ‘हामीले तपाईंहरुलाई हस्ताक्षर गर्न बोलाएको हो, छलफल गर्न बोलाएको हैन’ भनेपछि दलका प्रतिनिधिहरु आक्रोशित बनेका थिए। 

आज आयोगले आचारसंहिताबारे छलफल गर्न भनेर ७९ वटा दललाई बोलाएको थियो। तर दलका प्रतिनिधिहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न भनेपछि विवाद भएको हो।

छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन्। सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरे। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गरे पनि उनीहरुले नाराबाजी जारी राखेका थिए।
प्रकाशित: Apr 05, 2022| 12:23 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...