बुधबार, चैत ४, २०८२

७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

बालबालिकालाई रोकथाम गर्न सकिने रोगहरूबाट बचाउनका लागि सरकारले यही चैत २५ देखि टाइफाइड खोप अभियान सुरु गर्दैछ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं– बालबालिकालाई रोकथाम गर्न सकिने रोगहरूबाट बचाउनका लागि सरकारले यही चैत २५ देखि टाइफाइड खोप अभियान सुरु गर्दैछ। वैशाख १८ गते सम्म सञ्चालन हुने २४ दिने राष्ट्रव्यापी खोप अभियानमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ। 

National life

साथै यस अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै १५ महिना पुगेका र १५ वर्ष ननाघेका बालबालिकालाई  एक डोज टाइफाइड खोप प्रदान गरिने जनाएको छ। 

अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वार्डमा तोकिएको विद्यालयको खोप केन्द्रमा उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र सञ्चालन गरिने जनाइएको छ।  

खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो।

विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपाल सहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ। यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुनेछ।

Laxmi sunrise bank
kumari

विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाइएको सरकारी तथ्यांक छ। विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरु मध्ये तेश्रो र अस्पताल भर्ना हुने कारणमध्ये यो रोग चौथो कारणमा रहेको देखिएको परिवार कल्याण महाशाखाले जनाएको छ।  

नेपालमा ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको अनुमान गरेको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन् ।

प्रकाशित: Apr 05, 2022| 11:06 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्