बुधबार, मंसिर १०, २०८२

१४ विधामा अवार्ड वितरण गर्दै सकियो निफ २०२२

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ–२०२२)विभिन्न १४ विधामा उत्कृष्ट भएका फिल्मलाई अवार्ड वितरण गर्दै सकिएको छ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ–२०२२)विभिन्न १४ विधामा उत्कृष्ट भएका फिल्मलाई अवार्ड वितरण गर्दै सकिएको छ। काठमाडौंमा पाँच दिन चलेको फिल्म फेष्टिबलबाट उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको अवार्ड ‘महानगर’ले पाएको छ। फिल्म मोहन राईले निर्देशन गरेका हुन्।

National life

महोत्सवमा डन किहोटे अवार्ड उत्कृष्ट फिचरका लागि साइलेन्स ट्री पुरस्कृत भएको छ। फिल्म फैजल सयसलको निर्देशनमा बनेको हो। त्यस्तै, उत्कृष्ट सिनेम्याट्रोग्राफीका लागि चिसो एष्ट्रे फिल्मबाट उज्ज्वल बस्ताकोटीले अवार्ड पाएका छन्। उत्कृष्ट स्क्रिनप्ले (पटकथा)का लागि महानगर फिल्मबाट मोहन राईले अवार्ड पाएका छन्। उत्कृष्ट महिला अभिनेत्रीका लागि महानगरबाट मेनुका प्रधान, उत्कृष्ट निर्देशनका लागि महानगरबाट मोहन राईले अवार्ड जिते। उत्कृष्ट पुरुष अभिनेताका लागि चिसो एष्ट्रेबाट दिव्य देव, उत्कृष्ट सिनेम्याटोग्राफका लागि चिसो एष्ट्रेबाटै उज्जल बास्ताकोटीले जिते।

सर्ट फिल्मबाट उत्कृष्ट निर्देशकको लागि बच्चन व्यञ्जनकार, उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको अवार्ड आइसक्रिमका लागि संगिता श्रेष्ठ, उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने बागमती अवार्ड अल सिट्टले पाएको छ। मञ्जुश्री अवार्डअन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड साईमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड गोर्खा गर्ल्सका लागि विशाल रोका मगर र माउन्ट एभरेष्ट अवार्ड आउट अफ थिन एयरले पाएको छ। 

त्यस्तै, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मलाई दिइने गौतमबुद्ध अवार्ड नो ग्राउन्ड बिनिथ द फिटले पाएको छ। मोहम्मद राबिमिदले फिल्मलाई निर्देशन गरेका हुन्। महोत्सवमा विभिन्न ३८ देशबाट प्राप्त ८९ फिल्म भौतिक र भर्चुअल माध्यामबाट प्रदर्शन भएका थिए। चैथ १६ बाट चलेको कार्यक्रममा फिल्मको प्रदर्शनसँगै नेपालका चलकर्मी लेखक, पत्रकार, कलाकार तथा निर्देशकबीच विभिन्न सेसन पनि थियो। 


Laxmi sunrise bank
kumari


प्रकाशित: Apr 05, 2022| 10:55 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।